Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

सानिमा जिआइसी इन्स्योरेन्सका ५.८० लाख संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

सानिमा जिआइसी इन्स्योरेन्सका ५.८० लाख संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

अर्थ प्लस
सानिमा जिआइसी इन्स्योरेन्सका ५.८० लाख संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले आफ्ना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ५ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि राखेको छ । यो सेयर खरिद गर्न इच्छुक जोसुकै व्यक्ति वा कम्पनीले आवेदन दिन सक्नेछन् ।

गत भदौ ८ गते कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूका लागि १५ दिने सूचना जारी गरी सेयर बिक्रीको प्रस्ताव राखेको थियो, तर कुनै आवेदन प्राप्त नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

इच्छुक लगानीकर्ताले खरिद गर्न चाहेको सेयर संख्या र दर खुलाएर आवश्यक कागजातसहित सूचना प्रकाशन भएको ७ दिनभित्र काठमाडौँको टंगालस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।

सम्बन्धित समाचार