Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

४.७८ अंकले बढ्यो नेप्से, २ अर्ब ६५ करोडको सेयर कारोबार

४.७८ अंकले बढ्यो नेप्से, २ अर्ब ६५ करोडको सेयर कारोबार

अर्थ प्लस
४.७८ अंकले बढ्यो नेप्से, २ अर्ब ६५ करोडको सेयर कारोबार

काठमाडौँ, १५ चैत । सेयरबजार परिसूचक नेप्से बिहीबार बढेको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा थामिएको हो। 

साताको अन्तिम कारोबार दिन ०.२३ प्रतिशतले बढेको बजारमा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४ सय ६८ रुपैयाँबराबरको ६६ लाख १४ हजार ४ सय ४५ कित्ता सेयर बिक्री भएको छ। 

योसँगै १२० कम्पनीको सेयर मूल्य बढेको, ११५ वटाको घटेको र १० वटाको अघिल्लो कारोबार मूल्यमा किनबेच भएको छ। 

अन्तिम दिन विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, सामूहिक लगानी, अन्य र व्यापार उपसमूह हरियो भएका छन्। निर्जीवन, माइक्रोफाइनान्स, होटल र वाणिज्य बैंक भने राताम्य छन्। 

सम्बन्धित समाचार