काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट–२०८२ भव्यताका साथ सम्पन्न गरेको छ । राजधानीको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजित कार्यक्रममा देशभरका शाखा तथा उपशाखाबाट क्लब योजनामा सहभागी हुन सफल बिमा सल्लाहकारहरूलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा कम्पनीका अध्यक्ष रतन लाल केडिया, प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवनाथ पाण्डे, डेपुटी सिइओ निराजन कंडेलसहित उच्च व्यवस्थापन टोलीको उपस्थिति थियो ।
अध्यक्ष केडियाले क्लब सदस्यता हासिल गरेका बिमा सल्लाहकारप्रति आभार व्यक्त गर्दै कम्पनीप्रति देखाइएको विश्वास र व्यवसाय वृद्धिमा पुर्याइएको योगदानका लागि धन्यवाद ज्ञापन गरे ।
प्रमुख कार्यकारी अधिकृत पाण्डेले बिमा सल्लाहकारलाई कम्पनीको मेरुदण्डको रूपमा वर्णन गर्दै भविष्यमा समेत प्रोत्साहनमूलक कार्यक्रमहरू ल्याइने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, डेपुटी सिइओ कंडेलले सफल बिमा सल्लाहकार बन्न आवश्यक सीप र दक्षताबारे धारणा राखे ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत ‘गोधूली क्लब’, ‘पृथ्वी क्लब’, ‘अग्नी क्लब’, ‘आकाश क्लब’ र ‘ग्यालेक्सी क्लब’ सञ्चालन गरेको छ । निर्धारित न्यूनतम बिमाशुल्क सङ्कलन गर्ने सल्लाहकारले क्लब सदस्यता प्राप्त गर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक शिवानी थापा बस्न्यातले सञ्चालन गरेकी थिइन् । गायिका समीक्षा अधिकारी र हास्यकलाकार सुन्दर खनालको प्रस्तुति तथा नृत्य कार्यक्रमले समारोहलाई थप आकर्षक बनाएको थियो ।
