Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

हिमालयन लाइफ इन्स्योरेन्सको २६ हजार कित्ता सेयर बिक्रीमा

हिमालयन लाइफ इन्स्योरेन्सको २६ हजार कित्ता सेयर बिक्रीमा

अर्थ प्लस
हिमालयन लाइफ इन्स्योरेन्सको २६ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयरधनी नवीन अग्रवालको नाममा रहेको २६ हजार ६६१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

कम्पनीले हाल नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो।

उक्त सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित रूपमा जानकारी गराउनु पर्नेछ। यस अवधिभित्र कुनै लिखित प्रस्ताव नआएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार