Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

श्वेत गंगा हाइड्रोपावरबाट बाहिरिँदै विदेशी लगानीकर्ता डोल्मा

श्वेत गंगा हाइड्रोपावरबाट बाहिरिँदै विदेशी लगानीकर्ता डोल्मा

अर्थ प्लस
श्वेत गंगा हाइड्रोपावरबाट बाहिरिँदै विदेशी लगानीकर्ता डोल्मा

काठमाडौं, चैत २२ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रकसन लिमिटेडको विदेशी लगानीकर्ता डोल्मा इम्प्याक्ट फण्ड १ कम्पनीबाट बाहिरिने भएको छ । कम्पनीको नाममा रहेको ३८ लाख ५१ हजार कित्ता शेयर बिक्री गरेर बाहिरिने भएको हो ।

शेयरको लकइन अवधि २०८० फागुन २ गतेबाट सकिएको छ । कम्पनीको संचालक समितिको बैठकले डोल्मा इम्प्याक्ट फण्ड १ लाई उसको नाममा रहेको शेयर बिक्री गर्नको लागि सहमति प्रदान गर्ने निर्णय पनि गरिसकेको छ ।

हाल श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रकसनको चुक्ता पुंजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ रहेको छ । जस मध्ये २४.१७ प्रतिशत शेयर डोल्मा इम्प्याक्ट फण्ड १ सँग छ ।

Screenshot 2024-04-04 123143.png

सम्बन्धित समाचार