Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
सेयर बजार

अपर तामाकोशीको लिलामी सेयरमा बोलपत्र दिने आज अन्तिम दिन

अपर तामाकोशीको लिलामी सेयरमा बोलपत्र दिने आज अन्तिम दिन

अपर तामाकोशीको लिलामी सेयरमा बोलपत्र दिने आज अन्तिम दिन

काठमाडौं , पुस २९। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारण समूहको अवितरित हकप्रद सेयरको लिलाममा बोलपत्र मार्फत आवेदन दिन आज पुस २९ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले यस अघि भदौ १८ गतेदेखि असोज २२ गतेसम्म चुक्ता पूँजीको १० अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूहतर्फको बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता लिलामीमार्फत सेयर बिक्रीमा ल्याएको हो । 

कति दिनु पर्छ आवेदन ?
इच्छुक लगानीकर्ताले न्यूनतम  १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने छन् । हकप्रदको यस लिलाममा जुन सुकै व्यक्ति, कम्पनी वा संस्थाहरुले आवेदन दिन सक्ने छन् ।यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । 

कताबाट दिने आवेदन ?
नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाडौँ बाट,सन्राईज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौं, र लक्ष्मी सन्राईज बैंक लिमिटेडको तोकिएका शाखाहरुबाट पनि आवेदन दिन सकिने छ । 

को हो बिक्री प्रबन्धक ?
यस हकप्रद सेयर लिलामको को बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र नागरिक लगानी कोष रहेका छन् ।

कहिले सम्म दिने आवेदन ?
इच्छुक लगानीकर्ताले पुस २९ गतेभित्र बोलपत्र पेस गर्न सक्नेछन ।a

सम्बन्धित समाचार