काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको मंसिर २४ गते (बुधबार साँझ) बसेको सञ्चालक समितिको ४०४औँ बैठकले उक्त निर्णय गरेको हो। प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १६.०५ प्रतिशत नगद लाभांश समावेश छ।
कम्पनीको हालको चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ रहेको छ। यसअनुसार सेयरधनीहरूलाई कुल १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ बराबरको लाभांश वितरण हुनेछ।
यो प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीहरूमाझ वितरण गरिनेछ।
