निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (NUBL), कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेका छन्।
पुस २६ गते बसेको निर्धन उत्थान लघुवित्तको सञ्चालक समितिका बैठकले सो निर्णय गरेको हो भने पुस २८ गते बसेको कालिका लघुवित्त (KMCDB) को सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो। त्यसैगरी, पुस २९ गते बसेको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स (IGI) को सञ्चालक समितिको बैठकले पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
