काठमाण्डौ – शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१ का लागि लाभांश घोषणा गरेको छ। पुस १ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांश सहित कुल ६.३१५८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।
