काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूका लागि लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश सम्बन्धी उक्त निर्णय गरेको हो।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको कुल ८.४२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। जसमध्ये ४ प्रतिशत बोनस सेयर र ४.४२१ प्रतिशत नगद लाभांश रहेको छ।
प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले प्राप्त गर्नेछन्।
