तनहुँकी बिना कुमारी न्यौपाने र उनका श्रीमान् जयराम रिमाल सात वर्षयता सानिमा रिलायन्स लाइफ इन्सुरेन्समार्फत स्थानीय समुदायमा आर्थिक चेतना फैलाइरहेका अभिकर्ता हुन् । उनीहरूलाई दैनिक सोधिने प्रश्न एउटै- “जीवन बिमा किन आवश्यक ?” र उनकै जस्तै उत्तर पनि सधैँ एउटै- “जीवन बिमा आजको तयारी हो, भोलिको सुरक्षा ।”
बिना र जयरामका लागि बिमा केवल पेशा होइन, एक प्रकारको सेवा हो । उनीहरू प्रत्येक दिन घर–घर पुग्छन्, परिवार–परिवारसँग बस्छन्, जीवनका सम्भावित जोखिम र भविष्यका आर्थिक चुनौतीको बारेमा बुझाउँछन् ।
दम्पती आज कम्पनीका उत्कृष्ट ‘जोडी अभिकर्ता’का रूपमा परिचित छन् । जयराम अभिकर्ता विभागका प्रमुख रूपमा काम गरिरहेका छन् भने बिना नेपालटार शाखाकी MDRT अभिकर्ता हुन् । उनी चार पटक MDRT हासिल गरिसकेकी छिन् र आजीवन सदस्यता लक्ष्य लिएर अघि बढिरहेकी छिन् ।
उनीहरूले जीवन बिमालाई परिवारको आर्थिक सुरक्षाको ढाल र भविष्यको आधारका रूपमा हेर्नुपर्ने आवश्यकतामा जोड दिँदै आएका छन् ।
उनीहरूको प्रत्येक दिनको यात्रा एउटै उद्देश्यमा केन्द्रित हुन्छ । मानिसलाई जीवन बिमाको वास्तविक मूल्य बुझाउने ।
जयराम भन्छन्, “जसरी स्वास्थ्य अस्पतालले ज्यान बचाउँछ, बिमाले मान्छेको सम्पत्ति बचाउँछ।” रिमाल बिमा कम्पनीलाई ‘वेल्थ बचाउने अस्पताल’का रूपमा तुलना गर्छन् ।
“जसरी स्वास्थ्य अस्पतालले जीवन बचाउँछ, बिमा कम्पनीले मानिसको सम्पत्ति बचाउँछ,” उनी भन्छन् । मानिसको वेल्थ बचाउने डाक्टरको रुपमा आफुहरू रहेको रिमाल बताउँछन् ।
रिमालका अनुसार जीवन बिमा घरपरिवारमा आमाको जस्तो भुमिका रहेको छ । बिमाको महत्त्व आमाको माया जत्तिकै आवश्यक छ । जयराम रिमाल भन्छन्, जीवन अनिश्चित छ । आज हामी स्वस्थ छौँ, सक्रिय छौँ, परिवारका लागि कमाइरहेका छौँ । तर भोलि के हुन्छ भन्ने कसैले भन्दैन । यस्तो अवस्थामा, जीवन बिमा केवल एक आर्थिक योजना होइन, जीवनको सुरक्षा कवच हो । बिमा गाँस, बास, कपासका लागि आवश्यक छ ।
त्यसैले, आफ्नो बृद्ध अवस्था, आफू दुर्घटनामा परेर अपाङ्गता भएको अवस्था र घरमुलीलाई केही भइहाल्यो बालबच्चाको गाँस, बास, कपासको ग्यारेन्टीका लागि बिमा गर्न जरुरी रहेको रिमाल बताउँछन् । बिमा गर्ने मानिसले आफनो घरमुलीलाई फोकस गरेर हरेक परिवारले बिमा गर्न आवश्यक रहेको उनको भनाई छ ।
“हामी हाम्रो परिवारको लागि धेरै कुरा गर्छौँ । तर जीवन बिमा भनेको परिवारप्रतिको सबैभन्दा ठुलो जिम्मेवारी पूरा गर्ने उपाय हो ।” जीवन बिमाले असमयमा हुने आर्थिक क्षति पूर्ति गर्न सहयोग गर्छ । परिवारका सदस्यले अचानक मुख्य आम्दानी स्रोत गुमाउँदा, बिमाले त्यो अभावलाई केही हदसम्म पूरा गर्न सक्छ । यसले परिवारलाई आर्थिक आत्मनिर्भरता र आत्मबल दिन्छ ।
जयराम रिमाल भन्छन्, बिना भन्छिन्, “पारिवारिक संरचनामा आमा नहुनु र आर्थिक संरचनामा बिमा नहुनु उस्तै हो । दुवैले ठुलो जिम्मेवारी र जोखिम बोकेका हुन्छन् ।”
बिना भन्छिन्, “कमाइको १०–१५ प्रतिशत बिमामा लगाउन सके भविष्यमा त्यो सबैभन्दा ठुलो सहारा बन्छ । कमाउने उमेर सधैँ रहँदैन, तर जोखिम भने कहिल्यै टर्दैन ।”
“पारिवारिक संरचनामा आमा नहुनु र आर्थिक संरचनामा बिमा नहुनु उस्तै हो । दुवैले ठुलो जिम्मेवारी र जोखिम बोकेका हुन्छन् ।” कमाईको हिसाबले बिमा गर्न जरुरी छ । जसरी एउटा असहायको लागि लठ्ठी सहारा हुन्छ, जस्तै सहारा हो बिमा पनि । बिमाप्रतिको चेतना अभावका कारण धेरैले अझै बीमा गर्दैनन् भन्ने बिनाको बुझाइ छ ।
नेपालको अवस्थामा आर्थिक अभावकै कारण बिमा नगरेको उनी बताउँछिन् । तर, अहिलेको अवस्थामा बिमितको धारणा पहिलेको तुलनामा धरै नै सकारात्मक देखिन्छ ।
पहिलेको तुलनामा सचेतना बढ्दो छ, तर कतिपय बिमितहरू कम्पनी र अभिकर्ता छनोटमा दुविधामा पर्ने गरेको उनी बताउँछिन् । बिमा गर्नको लागि अभिकर्ताको प्रमुख भूमिका रहेको हुन्छ ।
“ग्राहकले अभिकर्तालाई मन पराउनुपर्छ, विश्वास गर्नुपर्छ र अभिकर्ता पनि पारदर्शी र जिम्मेवार हुनुपर्छ ।”
दुर्घटना, रोग, असमायिक निधनजस्ता घटना हुँदा परिवारलाई आर्थिक सुरक्षा दिनेदेखि, नियमित बचत, कर छुट, रिटायर्मेन्टको सन्तुलनसम्म-जीवन बिमा अनेक फाइदासहित परिवारलाई भविष्यका जोखिमबाट सुरक्षित राख्ने आधार हो ।
नेपालमा अझै धेरै मानिस बिमाको पहुँचबाट टाढा छन् । गाउँ–गाउँमा सचेतना विस्तार, डिजिटल सेवा, महिलाको सहभागिता र छिटो दाबी सेवा जस्ता सुधारकारी पहल आवश्यक रहेको उनीहरूको बुझाइ छ ।
सानिमा रिलायन्स लाइफ इन्सुरेन्स
सानिमा रिलायन्स लाइफ इन्सुरेन्स, सानिमा लाइफ र रिलायन्स लाइफको मर्जरपछि २०७९ चैत ९ गतेदेखि नयाँ नाममा सञ्चालनमा आएको जीवन बीमा कम्पनी हो ।
सानिमा र सिद्धार्थ बैंकको प्रवर्द्धकत्वमा स्थापना भएको यस कम्पनीले ग्राहकमैत्री, प्रविधि–आधारित तथा संरक्षण–मुख्य बिमा योजना उपलब्ध गराउँदै आएको छ । दम्पतीको एउटा वाक्य नै बिमाको सार हो “बिमा भनेको पैसा होइन, मनको शान्ति हो ।”
आजको अनिश्चित जीवनमा बिमा अब विकल्प होइन, परिवारको भोलि सुरक्षित राख्ने अनिवार्य आवश्यकता बनिसकेको उनीहरूको ठम्याइ छ ।
