Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा इलाम नगरपालिकाका पहिरो प्रभावितलाई सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा इलाम नगरपालिकाका पहिरो प्रभावितलाई सहयोग

अर्थ प्लस
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा इलाम नगरपालिकाका पहिरो प्रभावितलाई सहयोग

इलाम । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत इलाम नगरपालिकाको पहिरो प्रभावित क्षेत्रका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

कम्पनीका प्रदेश प्रमुख कर्मराज पौडेलको उपस्थितिमा उक्त सहयोग रकम इलाम नगरपालिकाका मेयर केदार थापालाई हस्तान्तरण गरिएको हो।

हस्तान्तरण कार्यक्रममा इलाम नगरपालिकाका प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष नुतनदेव दुलाल, सानिमा रिलायन्स लाईफ इलाम शाखा प्रबन्धक मदन घिमिरे, एजेन्सी मेनेजरहरू प्रकाश भट्टराई, डिकेन्द्र दाहाल, खेमराज ढकाल, खिनमाया बस्नेत, सितामाया थेगिम तथा अग्रज व्यक्तित्व रोशन कर्माचार्यलगायत कम्पनीका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ। 

नाफामुखी व्यवसायसँगै सामाजिक हितलाई समान रूपमा अघि बढाउने उद्देश्यका साथ सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ प्रभावकारी र समुदायमैत्री बनाउँदै लैजाने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ।

हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। 

कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ। साथै, करिब २० हजारभन्दा बढी अभिकर्ता कम्पनीसँग आबद्ध रहेका छन्। 

सम्बन्धित समाचार